Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जजिरा एयरको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पुगेर फर्किएको छ ।

कुवेतबाट आएको जहाज बिहान काठमाडौँको मौसम खराब भएपछि जहाज भैरहवा पठाइएको थियो ।

काठमाडौँबाट पठाइएको जहाज बिहान ४:३६ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ ।

त्यहाँ करिब डेढ घन्टा बिताएर जे नाइन ५४१ जहाज ६ः२२ बजे काठमाडौँका लागि उडेको थियो । जहाज अहिले काठमाडौँ फर्किसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077