Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • गृहमन्त्री खाँणको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक

    गृहमन्त्री खाँणको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 801
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ ।

    ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना(२०७९’ स्वीकृत नभएको भन्दै आलोचना भइरहेका वेला सोमबार समितिको बैठक बसेको हो ।



    बैठकमा मन्त्री खाणले यो वर्षका हुनसक्ने मनसुनजन्य विपद्का लागि तयार गरिएका जनशक्तिको अवस्था एवं साधनस्रोतको विवरणसहितको विस्तृत कार्ययोजना पनि लिखितरुपमा पेश गर्न निर्देशन दिएका छन् ।



    बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ लगायतका एजेण्डामा विस्तृत छलफल भएको उनको सचिवालयले जनाएको छ ।

    बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुले आफ्ना निकायबाट भएका पूर्वतयारीका अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार