Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डले नै अर्थमन्त्रीलाई फिर्ता बोलाउन खोजेका हुन् ?

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माको काम कारवाही राम्रो नभएको भन्दै नेकपा माओवादी केन्द्रले उनलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेकी भन्ने बारेमा छलफल भएको माओवादी केन्द्र स्रोतले बतायो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरेर विवादमा तानिएका मन्त्री शर्माले पार्टीको निर्देशन र हित विपरित काम गर्दै आएको माओवादी नेताहरुले नै आरोप लगाउन थालेका छन् ।

विना कसुर गभर्नरलाई बर्खास्ती गरेपनि सर्वोच्च अदालतले फिर्ता पठाएपछि चौतर्फीरुपमा अथमन्त्रीको राजिनामा माग गरिएको थियो । अहिले पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमै अर्थमन्त्री शर्माको राजिनामा माग गरिरहेकै छ ।

माओवादीका केही नेताहरुले अर्थमन्त्रीको गतिविधिका कारण पार्टीकै बद्नाम हुन थालेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरिसकेका छन् ।

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो ।

अध्यक्ष दाहाल र अर्थमन्त्री शर्माबीच के–के विषयमा छलफल भयो भन्ने बारेमा भने अहिलेसम्म बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077