Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक साताभित्रै नागरिकता विधेयक पास हुने प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने बताएका छन् । जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले एक सातामा नागरिकता विधेयक पारित हुने दाबी गरेका हुन् ।

पटक पटक सडकदेखि सदनसम्म उठाएको आवाज अब सरकारले सुन्ने भएको सांसद यादवले बताए ।

'जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिलाउन आज जनता समाजवादी पार्टी नेपाल का माननीय सांसदका टोली संयुक्त रूपमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्युसँग भेटेर पुनः हामीले उहाँको ध्यानाकर्षण गराएका छौँ,'उनले भने,'उहाँले पनि यही साताभित्रै नागरिकताको समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ ।'

'सयौँ अनागरिकलाई नागरिक बनाएर उनीहरुको रोकिएको उच्च शिक्षा, रोजगारी लगायतका अधिकारको प्रत्याभुती दिलाउन अनुरोध गर्दछु,' उनले भने ।

बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भए पनि अब त्यो प्रावधान नरहने यादवले बताए । प्रधानमन्त्री देउवालाई भेट्न यादवसँगै जसपा सांसदहरू नरमाया ढकाल र रानी मण्डल समेत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077