Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यो कांग्रेसको एकलौटी सरकार होइन, क्लेम गर्ने कुरा छैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यो कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी नगर्न बताएका छन् ।

आज काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले विभिन्न विषयमा कांग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन् ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’ उनले भने

उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने सम्मेलनमा उपस्थित भएकाहरूलाई जानकारी गराएका छन् ।

यस्तै उनले ‘आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरिएको छ । यसले कर्मचारीहरु काममा थप लगनशील हुनुहुने भन्ने मेरो विश्वास छ भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077