Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भक्तपुरमा हत्या गरिएको अवस्थामा पुरूषको शव फेला

भक्तपुर । भक्तपुरमा एक पुरूषको शव फेला परेको छ।

आइतबार बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा हत्या गरिएको अवस्थामा पुरूषको शव फेला परेको हो ।

मृतक मध्यपुर थिमी-८ बस्ने ५१ वर्षीय कल्याण साहु रहेका छन्। उनको टाउकोमा चोट लागेको देखिएको छ।

उनको हत्या गरेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानबाट घटना राति नै भएको देखिन्छ। तर कतिबेला भएको हो भन्ने यकिन खुलिइसकेको छैन।

शवको पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ भने उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077