Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वाणिज्य बैंकहरुले असार महिनाको ब्याजदर नबढाउने

काठमाडौं । असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति भएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ ।

वाणिज्य बैंकहरुले माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन् ।

जसअनुसार असारमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिनेछन् । रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077