Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विप्लवको पार्टीले आज काठमाडौंमा एमसीसीको कार्यालय घेर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ । काठमाडौंमा हिजो पत्रकार सम्मेलन गर्दै सो पार्टीले यस बिषयमा जानकारी गराएको हो । ​

नेकपाका केन्द्रीय सदस्य चिरण पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होईन? भन्ने खतरा औंल्याएका छन्।

‘हाम्रो देशमा एमसीसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होईन आज यो खतरा पैदा भएको छ, उनले भने ।’

पुनले अमेरिकी साम्राज्यवादको विरुद्धमा आफूहरुले संघर्षको कार्यक्रम सुरु गरेको उल्लेख गर्दै सोही अन्तगर्तत एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने पनि जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077