Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तातोपानी र रसुवा नाका तत्काल सुचारु गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने माग गरेको छ । शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औँ वार्षिक साधारण सभामा बोल्दै महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले नाका खोल्न माग गरेका हुन् ।

रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरूले भारतको कोलकाता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिंदै उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर, सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने बताए ।

उनले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग राखे । वाणिज्य महासंघको नेपाल चीन फोरमले पनि नाकाका समस्या समाधानको लागि पहल गर्ने उपाध्यक्ष श्रेष्ठले बताए ।

उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार व्यवसाय र विशेष गरेर उद्योगहरूलाई केही प्रोत्साहन दिने भने पनि केही व्यक्ति विशेष र केही समूहलाई मात्रै प्रोत्साहन हुने गरी बजेट आएको बताए ।

सरकारले उद्योगी व्यवसायीहरूलाई पक्षपात ढङ्गले बजेटमार्फत कर तथा अन्तःशुल्क कायम गरेकाले व्यवसायीहरू सडक आन्दोलनमा रहेको श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077