Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • बसको ठक्करले सहचालकको मृत्यु

    बसको ठक्करले सहचालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 768
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।

    आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो ।



    दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार