Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १७८ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि गरेको छ ।

निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो ।

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो । बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल/मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।

खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077