Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फोहोर व्यवस्थापन विवाद : काठमाडौंका मेयर र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पुनः प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

केही दिनअघि देउवालाई भेटेका शाहले बिहीबार पुनः काठमाडौंमा देखिएको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि देउवालाई भेटेका हुन् ।

प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका लागि सरकार सबैखाले सहयोग गर्न तयार रहेको प्रमुख शाहलाई आश्वासन दिएका थिए ।

'फोहोर व्यवस्थानमा देखिएको समस्या सम्बन्धमा सरकार गम्भीर छ । बन्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरुसँग छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गर्दछु,' प्रधामन्त्री देउवाले शाहलाई भने । यसैबीच शुक्रबार बिहान फोहोर व्यवस्थापन सम्बन्धमा सर्वपक्षीय बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077