Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिलिण्डर विष्फोट गराउने चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । सडकमा एलपीजी ग्यासको सिलिण्डर विष्फोटन गराएर आतंक मच्चाउने गिरोहमा संलग्न चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

गत बैशाख ३० गते स्थानीय तह निर्वाचनको संघारमा बिहान २ बजेतिर काठमाडौं–३१ नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाने सडकखण्डमा सिलिण्डरमा आगो लगाएर विष्फोट गराइएको थियो ।

सोही आरोपमा पक्राउ परेका चार जनालाई अदालतको आदेशपछि डिल्लीबजार कारागार चलान गरिएको हो । उ

क्त विष्फोटन गराइ आतंक मच्चाएको आरोपमा गोरखा, लखनथापा गाउँपालिका–५ का २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तेमाल गाउँपालिका–९ का २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका–८ का ३६ वर्षीय भरतकुमार राई पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये भरतकुमार राई विभिन्न मितिमा हातहतियार खरखजाना, बैंकिङ कसूर तथा कर्तव्य ज्यान मुद्धामा समेत पक्राउ परेर कारबाही भुक्तान गरिसकेको पाइएको छ।

पछिल्लो समय राईले मिडियाको आवरणमा गलत सूचना प्रशारण गर्ने गरेको र छुट्टै समूह बनाइ विष्फोटनमार्फत जनतामा त्रास फैलाउने काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077