Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेलले आगामी आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने !

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चाहना राखेका छन् ।

स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न गठित उपसमितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘तनहुँ २ बाट उम्मेदवार हुने तयारी गरेको छु ।’ यो उनको गृह क्षेत्र पनि हो ।

तनहुँमा कांग्रेसका नेताहरु धेरै भएको उल्लेख गर्दै पौडेलले पार्टीले आफूलाई अन्य जिल्लाबाट उम्मेदवार बनाए पनि स्वीकार गर्ने बताएका छन् ।

पौडेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा तनहुँ २ ‘क’ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077