Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रोकिएन पृथ्वी राजमार्गमा झरेको पहिरो

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ ।

दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोको कारण सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।

पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक हिजो राति ११ बजेदेखि अवरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077