Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरण वा दुई चरण गर्ने विषयमा छलफल

काठमाडौं । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ ।

सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो ।

आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। कानुनतः निर्वाचनको मिति आयोगसंग परामशमा सरकारले तोक्नेछ ।

'सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं,'प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने। नेपाल समाचारपत्र दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077