Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनाल भन्छन् - प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास हुदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि नल्याइएको बताएका छन् ।

आज बुधवार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै खनालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्न नल्याइएको बताएका हुन् ।

उनले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको बताए। उनले महाअभियोगलाई टुंगोमा पुर्‍याउनका लागि अझै समय बाँकी रहेको बताए ।

उनले भने, ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यसलाई बिस्तारै एउटा टुङ्गोमा पुर्‍याउने हो । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्‍यो अनि त्यसपछि प्रक्रिया अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077