Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारका समस्या समाधान गर्न भन्दै फेरि समिति गठन

काठमाडौँ । सेयर बजारका समस्या समाधान गर्न भन्दै फेरि समिति गठन भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको पहलमा अर्थ अर्थमन्त्रालयका उपसचिव, धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा एक प्रतिनिधि र राष्ट्र बैंकका प्रतिनिधि रहनेगरी समिति गठन भएको हो ।

समितिले सेयर लगानीकर्ताले उठाउँदै आएका समस्या समाधान गर्नका लागि अध्ययन गरी उपयुक्त सुझाव दिनेछ ।

सेयर बजारका समस्या समाधानका लागि कुनै प्रयास नगरिएको भन्दै लगानीकर्ताका विभिन्न संघहरुले सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

सेयर धितो कर्जामा राखिएको ४–१२ करोडको सीमा हटाउनुपर्ने, सेयर कर्जाको औसत जोखिम भार १ सय नै कायम गरिनुपर्ने, ब्रोकरको सञ्जाल विस्तार गर्नुपर्ने, गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन वातावरण बनाउनुपर्नेजस्ता माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077