Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं कार्यपालिका निर्वाचन : कांग्रेस, नेकपा एस र माओवादीका उमेदवार विजयी

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

आज राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट नगरकार्यपालिकाको महिला सदस्य पदमा कांग्रेसका उमेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा एकीकृ समाजवादी) की मैयाँलक्ष्मी महर्जन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट कांग्रेका बिनोद अछामी र महेश नेपाली तथा माओवादी केन्द्रका अनिता कार्की ढोली निर्वाचित भए । निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो ।

गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौं महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए ।

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।

निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य छन् । निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077