Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भ्रष्टाचारको मुद्दा विचाराधीन

    मोहन्याल गाउँपालिकाका अध्यक्षसहित तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

    मोहन्याल गाउँपालिकाका अध्यक्षसहित तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको हो ।



    अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ । अघिल्लो कार्यकाल वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो।



    यस्तै मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरीलाई पनि मुद्दा टुंगो नलागेसम्म निलम्बनमा परेका छन् । अघिल्लो पटक पनि वडाध्यक्ष रहेका उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा विचाराधीन छ ।

    यसैगरी, नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारीलाई पनि अख्तियारले निलम्बन गर्न भनेको छ । सुलक्षण माविको प्रध्यानाध्यापक रहँदा विद्यालयको सम्पत्ति हिनामिना गरेको आरोपमा उनीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार