Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरले नछुट्याएको फोहोर संकलन नगरी फर्काइदिन्छ : बालेन्द्र शाह

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन् । मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका हुन् । यसबाट पर्न सक्ने असुविधाका लागि

महानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता गर्न नसकिने बताएका छन् । 'अब फोहोर उठ्नेछ । यो सबैको लागि निसन्देह खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुस्खका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।' मेयर शाहले भनेका छन् ।

महानगरपालिकाले अबदेखि फोहोरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्ने सोमबारको सहमतिपत्रमा उल्लेख छ । उपत्यकामा थुप्रिएका फोहोरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाइने सहमितपत्रमा उल्लेख छ ।

त्यसैगरी साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077