Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एकैदिन मापसे गरी सवारी साधन चलाउने १५२ चालकमाथि कारवाही

    एकैदिन मापसे गरी सवारी साधन चलाउने १५२ चालकमाथि कारवाही

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर, स्राेत : गुगल

    काठमाडौं । ट्राफिक प्रहरीले सोमबार मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने १५२ जना चालकलाई कारवाही गरेको छ । आइतबार यो संख्या १४८ रहेको थियो ।

    ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार एकैदिन २ हजार ३६८ जना सवारी चालकलाई कारवाही गरेको थियो । विभिन्न ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको थियो ।



    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १५२ जना, तीब्र गतीमा सवारी साधन चलाउने १२२ जना र लेन उल्लंघन गर्ने १०७ जना रहेका छन् ।



    यस्तै सोमबार नै जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९५ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना, क्षमता भन्दा बढी यात्रु राख्ने ३५ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार