Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ ।

अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा लोसपाका शीर्ष नेताहरू बिहान ९ बजे बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख छन् । यसअघि शनिबार प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको थियो।

त्यो दिन दुई नेताबीच नागरिकता विधेयक, लोसपाको माग, संघ र प्रदेशको आगामी निर्वाचनमा सहकार्यको सम्भावना लगायतका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077