एजेन्सी । युक्रेनको पूर्वी दोन्बास क्षेत्रमा भइरहेको भीषण युद्धको दौरानमा मस्कोका वरिष्ठ जनरलहरूमध्ये एक जनाको मृत्यु भएको छ । मेजर जनरल रोमान कुतुजोभ युद्धमा मारिएको रुसी सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
जनरल कुतुजोभले स्वघोषित दोनेत्स्क गणतन्त्रका रुसी फौजका नेतृत्व गरिरहेका थिए । तर, रुसी रक्षा मन्त्रालयले यस विषयमा कुनै टिप्पणी गरिसकेको छैन ।
युद्ध मोर्चामा धेरै कर्णेल नरहेका कारण जनरल कुतुजोभ आफैँले मोर्चा सम्हालेको स्लादकोभले टेलिग्राम सोसियल मेडिया एपमा लेखेका छन् ।
युक्रेनको सेनाले पनि जनरल कुतुजोभ मारिएको पुष्टि गरेको छ । तर यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।