Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बंगलादेश भीषण आगलागी : मृत्यु हुनेको संख्या ४० पुग्यो

एजेन्सी । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

दर्जनौ मानिस घाइते भएका अधिकारीहरूले बताएका छन् ।

आगलागी देशको मुख्य समुन्द्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने ।

आगो निभाउन अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए ।

आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077