Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी प्रतिनिधिसभा निर्वाचनमा पपगायक श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौं- पपगायक सञ्जय श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने घोषणा गरेका उनले लेखेका छन् ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि आउँदो मंसिरतिर हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरें । अब बाँकी तपाईंहरुको साथ र विश्वास ।

’गत मंसिरमा मात्र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रवेश गरेका उनले पार्टीले टिकट नदिए पनि आफू स्वतन्त्र रुपमा उठ्ने बताएका हुन् । सन् १९९२ मा श्रेष्ठले निर्माण गरेको क्रसरोड ब्यान्डको चर्चित गीत ‘माया मेरी माया’ले उनलाई चर्चामा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077