काठमाडौं । अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहितको टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न उनीहरु शनिबार खुमलटार पुगेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारिलाई पहिलो नम्बरको संगठन बनाउन निर्देशन दिएका छन् ।
छलफलका क्रममा प्रचण्डले संगठनभित्रको समस्यालाई समाधान गर्दै आगामी निर्वाचनसम्म पहिलो नम्बरको संगठन बनाउन निर्देशन दिएका हुन् । त्यस्तै दाहालले संगठन विस्तार गरी समाजमा राजनीतिक चेतनासहितको सन्देश दिनसमेत निर्देशन दिए ।
छलफलका क्रममा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले राम्रो नतिजा ल्याएको भन्दै दाहालले संघ र प्रदेश निर्वाचनमा झन् राम्रो नतिजा ल्याउने गरी लाग्नुपर्नेमा जोड दिएका थिए ।
छलफलमा नेता वर्षमान पुन, विद्यार्थी इन्चार्ज हितमान शाक्य र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायत सहभागी थिए ।
Leave a Reply