Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसदमा नागरिकता विधेयक पेस गर्नुअघि माओवादी अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगे गृहमन्त्री खाँड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न गृहमन्त्री खाँड ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसदमा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको हो।

भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएकोहो।

सरकारले प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । त्यसबारे पनि गृहमन्त्री बालकृष्ण खाँण र प्रचण्डबिच छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077