Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अझै निकाल्न सकेन निर्वाचन आयोगले बदर मतको हिसाव

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम मतगणना परिणाम आएर जनप्रतिनिधिले काम सुरु गरिसक्दा पनि मत बदरको विवरण आउन सकेको छैन ।

निर्वाचन आयोगले यसको विवरण आउन अझै केहि दिन लाग्न सक्ने बताएको छ ।
सात कोठामा भएको मतदानअनुसार छुट्टाछुट्टै पदमा कति मत बदर भयो भनेर हिसाव निकाल्ने काम भइरहेको सहप्रवक्ता अर्यालले जानकारी दिए ।

सामाजिक आर्थिक रुपमा केही अगाडि बढेका क्षेत्रहरु मोरङ, चितवन, कास्की, पोखरा, धनगढीजस्ता ठाउँमा पनि धेरै मत बदर भएको आयोगको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा भने मतदाता शिक्षाका लागि अहिलेको भन्दा केही बढी बजेट खर्च आयोगको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077