काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वस्थायी कमिटी सदस्यको बैठक बोलाएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेको लागि बैठक बोलाइएको नेता लीलामणि पोखरेलले बताए।
स्थानीय निर्वाचनपछिको समीक्षा, प्रदेश र संघको निर्वाचनलगायतका बिषयमा छलफल गर्न बैठक बोलाएको हो।
माओवादीले बुधबार र बिहीबार देशभरका आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो। यसअघि शुक्रबार बोलाइएको केन्द्रिय समितीको बैठक स्थगित भएको थियो।
Leave a Reply