Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेट महत्त्वाकांक्षी नभई वास्तविक रहेको अर्थमन्त्री शर्माको भनाई

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट महत्त्वाकांक्षी नभई वास्तविक रहेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले प्रस्तुत गरेको विनियोजन तथा आर्थिक विधेयकमाथि संसद्मा उठेका प्रश्नहरुमाथि जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट वास्तविक रहेको बताएका हुन् ।

उनले आगामी निर्वाचन, कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा, दिवा खाजा कार्यक्रम तथा आन्तरिक ऋणको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने भएकाले बजेटको आकार बढेको बताएका हुन् ।

तर बजेट वृद्धिको प्रतिशत, कुल ग्राहस्थ उत्पादन (जीडीपी) सँग बजेटको अनुपात र बजेट घाटा भने अघिल्ला आर्थिक वर्षहरुको तुलनामा कम रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077