Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउन १ गतेभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागको निर्देशन

काठमाडौं । साउन १ गतेभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जाडन नभए साउन १ गतेबाट कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

वागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागको भनाइ छ।

बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।

०७९ साउन १ गतेपछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077