Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति सिफारिस गर्न आन्तरिक तयारी शुरू

    प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति सिफारिस गर्न आन्तरिक तयारी शुरू

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 768
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति सरकारसमक्ष सिफारिस गर्न गृहकार्य अघि बढाएको छ । आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै प्रतिनिधिसभा र प्रदेशको सभाको निर्वाचनको मिति सिफारिस गर्न आन्तरिक तयारी शुरू गरेका छन् । यसका लागि आयुक्तहरू भित्री रूपमा छलफल थालेका छन् ।

    निर्वाचनको मिति, निर्वाचन एकै चरणमा गर्ने कि दुई चरणमा गर्ने विषयमा छलफल भइरहेको आयुक्तहरू बताउँछन् । आयुक्तहरूले आन्तरिक छलफल सकिएपछि औपचारिक रूपमा निर्णय गर्ने, त्यस विषयमा राजनीतिक दलहरूको धारणा र सुझाव लिनेछ ।



    आयुक्तहरू निर्वाचन मिति विषयमा छलफल गरी सरकारसमक्ष सिफारिस गर्नेछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी कानुनमा आयोगसँग परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने प्रावधान रहेको छ ।



    संविधानमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्वाचन भएको मितिदेखि पाँच वर्ष कार्यकाल भनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २०७४ साल मंसिर १० र २१ गते भएको थियो ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐनको आधारमा निवार्चित भएको अवधिबाट कार्यकाल पाँच वर्ष भनिएकाले आयोगले मंसिर २२ लाई कार्यकाल सकिने दिन भनेको छ । यसले गर्दा मंसिर १५ गतेभित्र निर्वाचन गराउन सरकारसमक्ष सिफारिस गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । नेपाल समाचार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार