Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • बिहीबार पनि ओरालो लाग्यो शेयर बजार

    बिहीबार पनि ओरालो लाग्यो शेयर बजार

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिहीबार पनि शेयर बजारको ओरालो यात्रा कायम रहेको छ ।

    अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.१९ अंक घटेर २१३०.७३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १८.२६ अंकले घटेर २११२.४७ को बिन्दुमा झरेको छ ।



    आज अन्तिम समयसम्म कारोबारमा आएका २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैंया बराबरको कारोबार भएको छ ।



    सो रकम बराबरको कारोबार हुदाँ माउटेन हाइड्रो नेपालको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख बढीको कारोबार भएको हो ।

    बलेफि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागको छ। कम्पनीको शेयर ९।९७ प्रतिशतले बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार