Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पेट्रोलको भाउ फेरी बढाउने तयारी

    पेट्रोलको भाउ फेरी बढाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ।

    घाटा चुलिएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको हो ।



    इण्डियन आयल कर्पोरेशन आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी भएको निगमले जनाएको छ ।



    आइओसीको बक्यौता तिर्न सरकारसँग २ अर्ब रुपैयाँ मागेको २ महिना भएपनि नपाएको उपाध्यायले बताए। आइओसीले हिजो पठाएको नयाँ मूल्य अनुसार पेट्रोल २ सय ३, डिजेल १ सय ८३ र मट्टितेल १ सय ४८ रुपैयाँ प्रतिलिटर पुगेको छ।

    खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २५ सय ५१ रुपैयाँमा खरिद गरिएको निगमले जनाएको छ। तर निगमले हाल पेट्रोल १ सय ८०, डिजेल र मट्टितेल १ सय ६३ रुपैयाँमा बिक्री गरिरहेको छ।

    पेट्रोलमा २३ र डिजेलमा २० रुपैयाँ घाटा छ भने मट्टितेलमा १५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ। निगमका अनुसार १८ सय रुपैयाँमा विक्री गरिरहेको एलपी ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४७ अर्ब नोक्सानी भइसकेको निगमको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार