Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने भएको छ ।

स्थानीय तहको निर्वाचन सकिएपछि पहिलोपटक शुक्रबार भर्चुअल मार्फत केन्द्रीय समिति बैठक बस्न लागेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले बताए ।

शुक्रबार बेलुका ६ बजे एजेण्डासहित आ–आफ्नो ठाउँमा भर्चुअल बैठक बस्ने भएको हो ।

बैठकमा कुन–कुन एजेण्डा समावेश गर्ने भन्ने विषयमा केन्द्रीय सदस्यलाई उपलब्ध नगराएको सापकोटाले बताए । तर नेताहरुले स्थानीय तह निर्वाचन समीक्षा, केन्द्रीय समितिको पूर्णता र एमसीसीको विषयमा छलफल हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077