Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेससँग प्रचण्ड सशङ्कित, भन्छन् - एमालेजस्तै अहंकारी होला कि भन्ने डर छ

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस पनि एमालेजस्तै अहंकारी होला कि भन्ने आशंका व्यक्त गरेका छन् ।

उनले स्थानीय निर्वाचनपछि कतिपय कांग्रेसका नेताहरूमा अहंकार देखिन सक्ने देशैभरिबाट रिपोर्ट आएको बताउँदै एमालेजस्तै अहंकारी होला कि भन्ने आशंका लागेको बताएका हुन् ।

बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सरकार सञ्चालनबारे प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमै रहेको कांग्रेसप्रति आशंका जनाए ।

उनले गठबन्धनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै बृहत्तर राष्ट्रिय हितका लागि केही काम गरे पनि अवसरवादीले त्यसलाई दुरूपयोग गर्ने गरेको बताए ।

एमालेसँग गठबन्धन र पार्टी एकता राम्रो उद्देश्यका लागि गरिएको भए पनि केपी ओलीको अहंकारले टिक्न नसकेको बताउँदै भने– ‘अहिले कांग्रेस पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ, हामीले प्रधानमन्त्री बनायौ‌, मिहिनेत गरेरै बनाएको हो । हाम्रो अरू केही छैन, गठबन्धनलाई लाने नै भन्ने हो ।’

‘हामी चिन्तित छौं, फेरि कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि घेरा लाइयो अब प्रदेश र संघको चुनावमा पनि लाउने भन्यो भने एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई पनि लगाउने दिन नआओस् भन्नेछ’, उनले भने । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077