Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रन-रुस युद्ध : अमेरिकाले नियतवश आगोमा घ्यू थप्ने काम गरिरहेको रुसको आरोप

एजेन्सी । रुसले अमेरिकाले नियतवश नै ‘आगोमा घ्यू थप्ने काम’ गरिरहेको आरोप लगाएको छ । अ

अमेरिकाले युक्रेनलाई अत्याधुनिक क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने बताएपछि रुसले यस्तो प्रतिक्रिया दिएको हो ।

रुसी सरकारी प्रवक्ता दिमित्री पेस्कोभले यस्ता हातहतियार आपूर्तिले किभलाई शान्ति वार्ता पुनः थालनीका लागि प्रोत्साहित नगर्ने बताए । वासिङटन रुसले अन्तिम युक्रेनी सैनिकसँग लडोस् भन्ने चाहेको उनको भनाई छ ।

अमेरिकाले रुसी भूमिभित्र आक्रमणका लागि प्रयोग नगरिने विश्वास हासिल गरेपछि युक्रेनलाई ७० किलो मिटर पर तोकिएको कुनै पनि स्थानमा मार हान्ने सक्ने निर्देशित क्षेप्यास्त्रहरू उपलब्ध गराउने सहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077