Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • कुटपिट मुद्धाका आरोपित १८ वर्षपछि पक्राउ

    कुटपिट मुद्धाका आरोपित १८ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका ४२ वर्षीय लालदेव यादव १८ वर्षपछि आज पक्राउ परेका छन् ।

    अदालतले कैद र जरिवानाको फैसला गरेपश्चात् फरार रहेका यादवलाई १८ वर्षपछि गाउँघरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।



    कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ असार १० गते यादवलाई तीन महिना कैद र ७२५ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत राजविराजले समेत विसं २०६४ असार ४ गते सो फैसला सदर गरेको थियो ।



    उनीविरुद्ध सोही ठाउँका दीपेन्द्रकुमार यादवले उजुरी दिएका थिए । पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक मात्रवप्रसाद काफ्लेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार