Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सांसदहरुप्रति अर्थमन्त्रीको व्यंग्य - विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको जस्तो छ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको तर किसानहरूलाई प्रोत्साहन गरेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले बजेटमा अनुदानको कुरा नभएर प्रोत्साहनको कुरा रहेको उनको भनाइ थियो ।

यसअघि प्रतिपक्षी दल नेकपा एमालेसहित दलका सांसदहरूले बजेटले चुनाव लक्षित भएर 'कार्यकर्तालाई पैसा बाँड्ने' काम गरेको टिप्पणी गरेका थिए ।

अर्थमन्त्री शर्माले भने आगामी आर्थिक वर्षको बजेट चुनावलाई लक्षित गरेर नल्याइएको भन्दै बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको दाबी गरेका छन् ।

मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077