Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रिय विद्यापीठ उच्च माविका तत्कालीन प्रधानाध्यापकसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    राष्ट्रिय विद्यापीठ उच्च माविका तत्कालीन प्रधानाध्यापकसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 891
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपूर, मुर्ली, वीरगंज, पर्साका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ सहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र बिद्यालय कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।



    बलराम श्रेष्ठले विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणका लागि निकासा भएको २९ लाख ५० हजार आफूखुसी खर्च गरेको र ९२ हजार दोहोरो तलब लिएको अख्तियारले जनाएको छ ।



    श्रेष्ठलाई तीस लाख बयालीस हजार बिगो माग गरिएको छ ।

    यस्तै लेखा सञ्चालक राकेशमान श्रेष्ठले एउटा शीर्षकमा बिनियोजित रकम सम्वन्धित शीर्षकमा खर्च नगरी आफूखुशी खर्च गरेको भन्दै २९ लाख पचास हजार बिगो माग गरि मुद्दा दर्ता गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार