Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्राजिलमा बर्षाका कारण १ सय जनाको मृत्यु, हजारौँ विस्थापित

एजेन्सी । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको प्राप्त समाचारमा जनाइएको छ ।

यहाँ गत हप्तादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले यी नागरिकको ज्यान गएको हो । ब्राजिलको उत्तर क्षेत्रीय सहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको छ ।

त्यस सहर र त्यसको वरपर परेको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढीमा परेर १६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् ।

उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीम पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077