Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिराबल रिसोर्टमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा कार्यसम्पादन समिति बैठक बसेको हो ।

बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् ।

स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077