Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको अहंकार बढे एमालेकै जस्तो हालत बनाइदिने प्रचण्डको चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको अहंकार बढे एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अ‌हंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका हुन् ।

'कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,' दाहालले भने,'कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।'

'हामीले आफ्नो पार्टी भन्दा धेरै ठाँउमा गठबन्धनमा भरोसा गर्‍यौैं त्यो गर्दा हामीले धेरै ठाँउमा गुमायौ' अध्यक्ष दाहालले भने,'अब हामीले प्रदेश र संघको चुनावमा शिक्षा लिएर अघि बढ्नु पर्छ ।' उनले माओवादीले कहिले कसको कहिले कसको दम्भ बढाईदिन्छ भन्ने आरोप लाग्ने गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077