Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पृथ्वीराजमार्गको चितवन कुरिनटार नजिक पुरूषको शव फेला

काठमाडौं । पृथ्वीराजमार्गको चितवन कुरिनटार नजिक एकजना पुरूषको शव फेला परेको छ ।

इच्छाकामना गाउँपालिका ४ धारापानीको सडकछेउमा बुधबार बिहान अन्दाजी ३०/३५ बर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

चितवन प्रहरीका अनुसार अझैसम्म मृतकको नाम, थर‚ ठेगाना खुलेको छैन् । ती व्यक्तिलाई गाडीले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शव भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । यस्तै ठक्कर दिने गाडीको खोजीकार्य सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077