Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा खाना पकाउने एलपी ग्यासको मूल्य घट्यो

एजेन्सी । पेट्रोल र डिजेलको मूल्य घटाइएपछि भारत सरकारले एलपी ग्यासको मूल्य पनि घटाएको छ ।

इण्डियन आयल कर्पोरेसनले आज (बुधवार) जारी गरेको नयाँ मूल्यसूची अनुसार १९ किलोको एलपी ग्यासको कमर्शियल सिलिण्डरको मूल्यमा १३५ भारतीय रुपैयाँ सस्तो भएको हो ।

कमर्शियर सिलिण्डरको मूल्य घटेपछि अब दिल्लीमा २ हजार ३५४ भारतीय रुपैयाँ पर्ने एलपी ग्यास २ हजार २१९ भारतीय रुपैयाँमा पाइने भएको छ ।

गत १ मेमा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय रुपैयाँ वृद्धि गरिएको थियो ।

कम्पनीले घरेलु प्रयोजनका लागि भने एलपी ग्यासको मूल्यमा कुनै फेरबदल गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077