Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारमा नेपाल क्रिकेट संघविरुद्ध मुद्दा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ । नेपाल टी–ट्वान्टी लिगको अधिकार खरिदको विषयमा मुद्दा परेको हो ।

क्यानले नेपाल टी–ट्वान्टी लिगको अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाई बेचेको छ । लिगको अधिकार बेच्दा टेन्डर आह्वान नगरेको भन्दै मुद्दा परेको हो ।

यो मुद्दाको विषयमा छानविन प्रकृया थालनी गरेको अख्तियार आयोगले जनाएको छ । क्यानको यसै अधिकार बिक्रि सम्बन्धमा सर्वोच्च आयोगमा मुद्दा पनि परेको छ ।

एभरेष्ट प्रिमियर लिग आयोजक र इपीएलका टिम मालिकहरुले मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077