Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

काठमाडौं । बागमती प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि मंगलबार छलफल हुँदैछ। सोमबार दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनाउने, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक पशु कार्यालय खोल्ने विषय समेटिएको छ।

श्रम तथा रोजगारीको व्यवस्था, कृषिको विकास, कृषिको क्षतिपूर्तिलगायत मलखाद्यको व्यस्थापन, उद्योग कलकारखानाको विकास, संरक्षण र लगानीलगायतका विषयलाई कार्यक्रममा समेटिएको छ।

मंगलबार छलफल सकिएपछि भोलि बुधबार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077