Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेट चुनावमा भोट माग्ने किसिमले ल्याएको एमालेको निष्कर्ष, भण्डाफोर गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०७९र८० को बजेट विशुद्ध चुनावमुखी र चुनावमा भोट माग्ने किसिमले आएको निष्कर्ष निकालेको छ । सोमवार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, देशको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरूलाई प्रशिक्षण दिएका थिए ।

सरकारले २५ वर्षमा पूरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने ठहर गरेको छ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यस्तै अध्यक्ष ओलीले सरकारले अनुचित ढङ्गले आउँदो आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरू राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा. दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077