Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्तारुढ दलहरुको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो ३ बजे बस्नेछ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनको बैठक दोस्रो पटक बस्न लागेको हो ।

पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको बैठकले सबै ठाउँको निर्वाचन परिणाम आएपछि मात्र चुनावी समीक्षा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077